अब हामी जनअदालत चलाउँछौँः अध्यक्ष ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताउनु भएको छ । यसका लागि आजैदेखि तयारी थाल्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ।

शनिबार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आज उहाँले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीता हुने र जनताबाट अनुमोदित भैछाड्ने बताउनुभयो। उहाँले आगामी निर्वाचनबाट एमालेलाई बहुमत सहितको पार्टी बनाई देशको नेतृत्व गर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *