संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा सरकारबाट बाहिर पुर्‍याइयो : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्‍याइएको बताउनु भएको छ।

प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताउनु भयो। उहाँले आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउन चाहेको उल्लेख गर्नुभयो।

प्रजातन्त्र दिवसको अवरमारमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको भए पनि संविधानको गलत व्याख्या गरेर हटाइएको बताउनु भयो। उहाँले आफू सरकारबाट हटेपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउन चाहेको उल्लेख गर्नुभएको छ।

‘नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो’ उहाँले भन्नुभएको छ, ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुयाइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं।’

आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन भएको भन्दै यसदिन नेपालीका लागि नयाँ युग आरम्भको बिन्दु भएको बताउनु भएको छ।
‘जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ,  ‘समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *