गठबन्धनका केही नेताहरु स्थानिय निर्वाचनको विरुद्धमा छन् : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरु अझै बैशाख ३० मा हुने स्थानिय निर्वाचनको विरोध गरिरहेको बताउनु भएको छ। स्थानीय तह निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आज भर्चुअल उद्घाटन समारोहलाइ पार्टि कार्यालय थापाथलीबाट सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो-“हाम्रो पार्टिको दबाबले सरकारले बल्लतल्ल चुनाबको मिति घोषणा गरेको छ तरपनि गठबन्धनकै केही लोकतन्त्र विरोधी नेताहरु बैशाखमा चुनाब हुनुहुदैन भन्दै हिडेका छन,जनताको अधिकार विरुद्ध बोल्दै हिडेका छन् । जनताको अधिकार खण्डित गर्ने कुनैपनि षडयन्त्र हामीलाई मान्य छैन!”

सरकारले बैशाख ३० मा एकैचरणमा स्थानिय निर्वाचन गर्नेभनी मिति घोषणा गरेपछि त्यसको तयारी स्वरुप एमालेले देशभरी अभिमुखिकरण अभियान संचालन गर्न लागेको हो।
अध्यक्ष ओलीले आज भर्चुअल उद्घाटन गर्नुभएपछि सातै प्रदेशमा अलगअलग रुपमा प्रशिक्षण कार्यक्रमहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *