झुम्का खानेपानी तथा सरसफाई आयोजनामा नगर विकास कोष ऋण लगानी : कोष र संस्था बीच यस्तो भयो सम्झौता (तस्वीरहरु सहित)

काठमाडौं ! शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत झुम्का खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि रामधुनी नगरपालिकाका प्रमुख श्री जय प्रकाश चौधरीको उपस्थितिमा नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति, सुनसरीका अध्यक्ष श्री केशीलाल चौधरी बीच मिति २०७८ पौष ८ गते ऋण सम्झौता सम्पन्न भएको छ । सम्झौतामा रामधुनी नगरपालिकाका प्रमुख श्री जय प्रकाश चौधरीेज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो ।
ठेक्का कवोल अंक रु. ३६ करोड ४४ लाख २३ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. २५ करोड ५० लाख ९६ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत रु. ९ करोड ११ लाख ५ हजार साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत रु. १ करोड ८२ लाख २१ हजार व्यहोरिनेछ । रामधुनी नगरपालिकाको वडा नं. १, २ र ५ सेवा क्षेत्र समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा ४५१६ घरधुरी ९जनसंख्या २२,७८७० प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षज्यूबाट शहरीकरणतर्फ उन्मुख हुदैगरेको रामधुनी नगरपालिकाका लागि आयोजनाको महत्व माथि प्रकाश पार्दे आयोजनालाई सार्थक बनाउन नगर विकास कोष, आयोजना व्यबस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकिय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो भने ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका रामधुनी नगरपालिकाका नगर प्रमुखज्यूले उपभोक्ता समितिलाई सबल बनाउन नगरपालिका प्रतिबद्ध र जिम्मेवार रहेको बताउनु भयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थनीय तहको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दे आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भै सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यकारी निर्देकज्यूले आगामी दिनमा रामधुनी नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *