बेलझुण्डी खानेपानी परियोजना (दाङ) निर्माणका लागि उपभोक्ता संस्था र नगर विकाश कोष बीच ऋण सम्झौता कार्यक्रम सम्पन्न

काठमाडौं ! लुम्बिनी प्रदेश, दाङ्ग जिल्ला, तुलसीपुर उपमहानगरपालिकामा सह-लगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त लगानीमा निर्माण हुने बेलझुण्डी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. ३० करोड ७३ लाख ६५ हजारको २०% ले हुने रकम रु. ६ करोड १४ लाख ७३ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री प्रदिप गौतम बीच मिति २०७८ पौष ८ गते ऋण सम्झौता सम्पन्न भएको छ । सम्झौतामा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख श्री घनश्याम पाण्डेज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो ।

तुलसीपुर उप-महानगरपालिकाको १६,१७,१८ र १९ वडा सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । आयोजना निर्माण पश्चात सन २०२२ मा ३७,०५ घरधनी (१७,१०४ जनसंया) र डिजाईन वर्ष २०३७ मा ५३६६ घर धनी (२४,७७२ जनसंया) लाई समेटी फ्लो (मुहान श्रोत) मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष रहेको छ ।

सम्झौता कार्यक्रममा बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षज्यूबाट जनताको आधारभूत आवश्यकतासंग जोडिएको आयोजना भएकोले गुणस्तरीयरुपमा सयममा सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुख श्री घनश्याम पाण्डेज्यूले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसंग समेत जोडिएको हुँदा आयोजनालाई सफल बनाउन उपमहानगरपालिकाबाट प्राविधिक, व्यवस्थापकिय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले आया्ेजना सफलरुपमा कार्यान्वयन, संचालन र व्यवस्थापनमा संस्थामा सुशासन र वित्तीय अनुशासनको महत्व माथि प्रकाश पार्दे आयोजना समयमा गुणस्तरीयरुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउनु भयो । कार्यकारी निर्देशकज्युले उपभोाक्ता संस्थाको संस्थागत क्षमता अभिबृद्धिमा नगर विकास कोषको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *