बड्डीचौर खानेपानी आयोजना निर्माणका लागि नगर विकाश कोषद्रारा ऋण लगानी : संस्था र कोष बीच यस्तो रह्यो सम्झौता

काठमाडौं ! सहलगानी तथा साझेदारी नीति अवधारणामा नेपाल सरकार, नगर विकास कोष तथा उपभोक्ताको संयुक्त सह लगानीमा निर्माण हुने बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को लागत रु. १५ करोड ९३ लाख ७४ हजारको २०% ले हुने रकम रु. ३ करोड १८ लाख ७४ हजार कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्री अर्जुन कुमार बुचा मगर बीच मिति २०७८ पौष ८ गते ऋण सम्झौता सम्पन्न भएको छ । सम्झौतामा वराहताल गाउँपालिकाका अध्यक्ष श्री तेजबहादुर बस्तेतज्यूले जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएको थियो ।

बराहताल गाउँपालिका वडा नं. ५,६,७ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२२ मा ११०८ घरधुरी (५९०६ जनसंख्या) र डिजाईन वर्ष सन् २०४२ मा १८१५ घरधुरी (९६७७ जनसंख्या) लाई ग्रेभेरी प्लो (मुहान श्रोत) मार्फत २४ सै घण्टा खानेपानी सेवा पुयाउने लक्ष्य रहेको छ ।

सम्झौता कार्यक्रममा बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षज्यूबाट सुरक्षित र व्यवस्थित खानेपानी प्रणाली जनताको आधारभूत आवश्यकता भएकोले यस क्षेत्रका जनताका लागि यो आयोजना महत्पूर्ण भएकोले गुणस्तरीयरुपमा सयममा सम्पन्न हुने र यसमा नगर विकास कोष, आयोजना व्यबस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकिय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो भने ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका वराहताल गाउँपालिकाका अध्यक्ष श्री तेजबहादुर बस्तेतले आयोजना लाई सफल बनाउन गाउँपालिका समेत जिम्मेवार हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले स्थानीय क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दे आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भै सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *