अर्थ मन्त्रालयमा सहसचिव हेरफेर

काठमाडौं ! अर्थ मन्त्रालयमा ३ जना नयाँ सहसचिव भित्रिएका छन्।  सरकारले पाँच जना सहसचिवको सरुवा गर्दा अर्थमा ३ जना सहसचिव आएका हुन् ।

यस क्रममा अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बरालको पनि सरुवा भएका छन्। दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । त्यस्तै अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ।

अर्थ मन्त्रालयमा ३ सहसचिव आएका छन्।  नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको हो । उनीहरुको जिम्मेवारी भने तोकिन बाँकि छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी सहसचिवहरुको सरुवा गरेको हो ।