सरकारले गर्‍यो एकैपटक २९ जना सहसचिवहरुको सरुवा (सूचिसहित)

काठमाडौं ! सरकारले एकैपटक २९ जना सहसचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोख्रेल मधेशको अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी हाल भन्सार विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए ।

यस्तै, सहसचिव झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय पुगेका छन् ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन् ।

गृहमन्त्रालयमा रहेका नारायण रिसाल अर्थ मन्त्रालयमा आएका छन् ।

सूचीः