खाद्य कम्पनीले माग्यो ६० जना कर्मचारी

काठमाडौं ! खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

जनअनुसार ६ जना सह–विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक–एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक,  प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन् ।