सामान्य प्रशासन मन्त्रालयको सचिवमा विनोद सिंह

काठमाडौं ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीको रूपमा जनमत पार्टीकी सांसद अनिता साह पुगेसँगै सचिव परिवर्तन गरिएको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *