काम एउटै कर्मचारी थरीथरी

काठमाडौँ । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ ।

स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् ।

कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ । एसोसिएसनका सल्लाहकार इन्द्रप्रसाद अधिकारीले भन्नुभयो, “एउटै उद्देश्य प्राप्तिका लागि काम समानन्तर सेवासुविधा फरक–फरक छ । सेवासुविधामा फरक हुँदा कर्मचारीमा सेवा प्रवाहमा जोश र जाँगर नभएको, कामप्रति निराशा पैदा भएको त्यसको असर सेवा प्रवाह र विकास निर्माणमा पर्ने गरेको छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *