नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *