सेती अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीको भत्ता कटौती

काठमाडौं ! धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा नदिएकाले अस्पतालका कर्मचारीको भत्ता कटौती गरिएको हो।

सेती प्रादेशिक अस्पतालमा कार्यरत एक सय ८२ जना चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई प्रदेश सरकारले यो वर्ष दशैं भत्ता नदिने भएको हो। गत भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत दरबन्दीबाहेकका करार सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने निर्णय भएको छ। अस्पतालका कर्मचारीहरुले खाइपाइ आएको दसैं पेस्की तथा महङ्गी र प्रोत्साहन भत्ता नपाएकाले माथिल्लो निकायमा निवेदन दिएको डाक्टर विष्णु बमले बताए।

‘हामीले यो वर्ष दसैं भत्ता, प्रोत्साहन र महङ्गी भत्ता पाएका छैनौँ, पाउनु पर्यो भनेर निवेदन दिएका छौँ,’ उनले भने, ‘खाइपाइ आएको भत्ता पाउनु पर्यो भन्ने हाम्रो माग छ।’ संघीय अर्थ मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयको परिपत्र र निर्देशनअनुसार अस्पतालको दरबन्दीबाहेकका कर्मचारीको दसैं पेस्की, प्रोत्साहन र महङ्गी भत्ता कटौती गरिएको  प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *