राजस्व सचिव दंगालले सम्हाल्नुभयो आफ्नो कार्यभार

काठमाडौं ! सरकारले राजस्व सचिवमा नियुक्त गरेका रामेश्वर दंगालले आज आफ्नो कार्यभार सम्हाल्नु भएको छ । अर्थसचिव कृष्णहरि पुष्करले आज बिहीबार सचिव दंगाललाई स्वागत गर्नुभएको हो ।

उहाँ गत हप्तामात्र मन्त्रिपरिषद्को निर्णयबाट राजस्व सचिवमा नियुक्त हुनुभएको थियो। गत पुषमा सचिवमा बढुवा हुनुभएका उहाँ त्यसपछि पदस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव बन्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *