एजेन्सी ! विद्युतीय व्यापार (ई–कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।
देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन् ।