काठमाडौँ।सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए ।उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए ।
उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएकोस साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्याएकोस सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएकोस निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेकोस पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।यी सबै विषयमा चित्तबुझ्दो जवाफ नदिएको र कर्मचारीमाथि दूर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।