काठमाडौं ! सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।
कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए ।
यसबारेमा बुझ्न खोज्दा आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने घटनाको छानबिन गरेर आवश्यक कारवाही गरिने बताए । न्युज कारखानाबाट