नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस्तो व्यवस्थाकै कारण सरकारले नयाँ बजेट सार्वजनिक हुने कम्तीमा १५ दिनअघि नै संसद्को दुवै सदनमा प्रि–बजेट छलफल गर्नुपर्नेहुन्छ । यस्तो बाध्यात्मक अवस्थाकाबीच गत वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सो बजेटलाई वर्तमान सरकारले अस्वीकार गरी पुनः प्रतिस्थापन विद्येयकमार्फत चालू आर्थिक वर्षको बजेट ल्याएको थियो ।
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसद्मा पेस गर्नेगरी प्रारम्भिक खाका तयार पारेको छ ।
अर्थ मन्त्रालयले संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तको रूपरेखा’ छलछल गर्नेगरी गत २० वैशाखमा प्रस्ताव तयार गरेको थियो । तर, बजेट अधिवेशन सुरु नहुँदा अर्थ मन्त्रालयले अझै संसद्मा पेस गर्न सकेको छैन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *