निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत निर्वाचित

काठमाडौं ! नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षतामा लेखनाथ कोइराला सर्वसम्मत भएका छन् । सोमबार सम्पन्न दुई दिने ११ औँ राष्ट्रिय अधिवेशनबाट कोइरालालाई अध्यक्ष चयन गरिएको हो ।

उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साहलाई चयन गरेको छ ।

यस्तै महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदीलाई ल्याइएको छ । सचिवहरूमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *