प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् ।
शुक्रबार देखि पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए ।

यसैगरी बरिस्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरूमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् । यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *