भोलीबाट सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हट्ने

काठमाडौँ — काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन् ।

कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *