काठमाडौं ! नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । बैंकले चौथोदेखि छैटौँतहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।
बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले बैंकको वेबसाइटमा रहेको लिंक मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
हेर्नुस् सूचना: