नेपाली सेनामा जागीर : एकैसाथ खुल्यो ४५०० जनाको दरबन्दी

काठमाडौं ! नेपाली सेनाले एकसाथ ४ हजार ५ सय जनाको लागि भर्नाको खुलाएको छ । सेनाले गोरखापत्रमा सूचना प्रकाशन गर्दै  देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी  ४५ जनाको लागि भर्ना खुलाएको हो । सेनाका अनुसार यी सबै सैन्य पदका लागि हो ।

माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ ।

१८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन् । नेपाली सेनाका अनुसार इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छन् ।

हेर्नुस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *