नेपाल बैंकमा ३०० जनालाई रोजगारीको अवसर खुल्यो

काठमाडौं ! केन्द्रीय कार्यालय र विभिन्न प्रदेशस्थित शाखा कार्यालयका निम्ति बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका लागि कर्मचारी माग गरेको हो । प्लस टु उत्तीर्णदेखि स्नातकोत्तर गरेकासम्मका लागि आवेदन माग गरिएको छ ।
बैंकले दुई चार्टर्ड एकाउन्टेन र चारजना आईटी क्षेत्रबाट सहायक महाप्रबन्धक माग गरेको छ । यस्तै, छैटौँ तहको सहायक प्रबन्धमा थप ५६ जनाका लागि आवेदन माग गरेको छ । आईटी र चार्टर्ड एकाउन्टेनबाहेकका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नागरिकले अनलाइनमार्फत दरखास्त फाराम भर्न सक्ने बैंकको सूचनामा उल्लेख छ ।
बैंकले सातवटै प्रदेशका लागि चौथो तह सहायक पदका लागि कर्मचारी माग गरेको हो । प्रदेश नम्बर–१ का लागि ३१ जना, मधेस प्रदेशका लागि ३१, वाग्मती प्रदेशका लागि ५१ कर्मचारी माग गरेको छ । त्यस्तै, गण्डकी प्रदेशका लागि १०, लुम्बिनी प्रदेशका लागि २१, कर्णाली प्रदेशका लागि दुई र सूदूरपश्चिम प्रदेशका लागि दुईजना कर्मचारी माग गरिएको छ । यो पदमा आवेदन दिनका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सहायक पदका लागि व्यवस्थापन र अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । यसबाहेक चौथो तह सहायक पदमा नै दुई आईटी कर्मचारी पनि माग गरेको छ ।
यसैगरी, प्रदेशहरूमा कनिष्ठ सहायक (गोल्ड टेस्टर) कर्मचारी माग गरेको छ ।  प्रदेश–१ का लागि १६, मधेसका लागि १५, वाग्मतीका लागि २७, गण्डकीका लागि १२, लुम्बिनीका लागि ११, कर्णालीका लागि पाँच र सुदूरपश्चिमका लागि पाँचजना तेस्रो तहको कनिष्ठ सहायक कर्मचारी गरेको हो । यसमा प्लस टु उत्तीर्णले आवेदन दिने सक्नेछन् ।
सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक र कनिष्ठ सहायक पदमा भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक नागरिकले आउँदो चैत १० गतेसम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *