स्वास्थ्य उपचार गरेर स्वदेश फर्किनुभयो नेता खनाल

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचार गरेर स्वदेश फर्किनु भएको छ ।

दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौंला प्रत्यारोपण गराएर नेता खनाल सोमबार स्वदेश फर्किनु भएको हो। खनाललाई स्वागत गर्न अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो ।

वरिष्ठ नेता खनालको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उपचारको लागि उहाँ गत असार २ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *