राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै

काठमाडौं ! राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज शुक्रबार सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोल्टी होटेलमा राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको प्रारम्भिक नारिजा यस अघि नै सार्वजनिक गरिसकेको छ  । कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको थियो । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *