राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक : नेपालको कुल जनसंख्या  दुई करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौं ! तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको अन्तिम तथ्यांक अनुसार अब नेपालको कुल जनसंख्या  दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

शुक्रबार सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।  यसअघि विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।  शुक्रवार अन्तिम जनगणनाको पुस्तक सार्वजनिक गरिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकका सबैभन्दा बडी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।

विभागको नयाँ तथ्यांकमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *