जनगणनाको प्रारम्भिक नतिजा तयार, माघ १२ मा सार्वजनिक गर्ने तयारी

काठमाडौं ! राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *