जेलबाट छुटे रेशम चौधरी

काठमाडौं ।  कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका  नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।

उनको स्वागतका लागि  नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *