पूर्ण रुपले खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं ! जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको छ । जग्गा कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भू–उपयोग नियमावली स्वीकृत भएसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो ।

गत वैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भएपनि कार्यान्वयन हुन सकेको थिएन । केही व्यवस्थाहरु अस्पष्ट भएको भन्दै कार्यान्वयन नभएपछि भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरेर नियमावली संशोधनका लागि मन्त्रिपरिषद लगेको थियो । भूमी मन्त्रालयले मन्त्रिपरिषदमा लगेको संशोधन प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको हो ।

अब वर्गीकरण नभएको जग्गाको पनि कित्ताकाट खुलेको छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाट रोकिएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा कित्ताकाट रोकिँदा त्यसको असर राजस्व अशुलीमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगुवाइमा गत बैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो । त्यतिबेला निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन । अब भने कित्ताकाट पूर्ण रुपमा खुल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *