ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ

काठमाडौं ! ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो। उनहरू अहिले सीआईबीको नियन्त्रणमा छन्। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

२०४९, २०६२, २०६६ /६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भए पनि उनी फरार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *