भूमिहिन सुकुम्वासीले पाए लालपुर्जा (फोटो फिचर)

काठमाडौं । सरकारले भूमिहिन दलित तथा सकुुम्वासीहरु लाई जग्गाधनी लालपुर्जा वितरण गर्न थालेको छ ।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले ईलाम र झापाका ५४ परिवार भूमिहिन सुकुम्वासीहरु लाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन् । झापाको कनकाई नगरपालिकाका २९ र ईलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले लालपुर्जा पाएका हुन्।

‘यो देशमा हजारौं भूमिहिन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ।  उहाँहरुको पीडा र मर्का मलाई राम्रोसँग थाहा छ । आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहिनरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भईरहेको छ । जसको नतिजा आजदेखि देखिंदैछ । आजदेखि
औपचारिक रुपमा भुमिहिनहरुलाई पुर्जा वितरण सुरु गर्यौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिमिन दलित सुकुम्वासीहरुलाई भूमिमाथिको पहुँच पुर्याउने उदेश्यका साथ तीनतहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोहिपनि नेपाली नागरिक भूमि अधिकारबाट बन्चित हुनु नपने बताईन् ।
‘संविधानले दिएको अधिकार अनुसार अब कोहिपनि नेपालीहरु भूमिहिन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहिनहरुको समस्या समाधान गर्ने गरि काम गरिरहेको छु’, उनले भनिन् ।                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *