घरजग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी

काठमाडौं ! सरकारले भूउपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी गरेको छ । बजारमा तरलता सहज पार्न जग्गामा फसेको पैसालाई चलायमान बनाउनु पर्नै देखिएकाले कित्ताकाटलाई सहज बनाउन खोजिएको हो ।

सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको पोखराका उद्योगी व्यावसायीहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  सिंहदरबाटमा भएको भेटमा उनले भने, ‘तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेकाले भएको हो, कित्ताकाट रोकिएको छ, बेचबिखन रोकिएको छ, पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो ।’

सरकारले यसै वर्ष ल्याएको भूउपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम भए पनि प्रधानमन्त्रीले बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *