शुक्लाफाँटा नगरपालिकामा जग्गा नापीको काम सुरु

कंचनपुर ! नापीको काम सुरु भएको छ । शुक्लाफाँटा नगरपालिका – ९ सिसैयाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो । जग्गा नाप जाँचको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले बुधवार सुभारम्भ गरेका छन् ।

 

जग्गा नापी कार्यक्रममा बोल्दै नगर प्रमुख महराले लामो समय पछि जनताले प्रतिक्षा गरेको जग्गा नापीको कार्य सुरु भएको र चाँडै जग्गाधनी पुर्जा पाउने बताए । ‘अब यहाँका जनता छिट्टै जमिनका मालिक बन्नेछन्,उनले भने,शिघ्र नापी कार्य सक्नका लागि सवैको साथ सहयोगको खाँचो छ’ । नगर प्रमुख महराले जग्गा नापी सम्बन्धीको मापदण्ड गहिराईमा पुगेर अध्ययन गरेर कार्य गर्न जग्गा नापीमा खटिने कर्मचारीहरुलाई आग्रह गरे ।

 

जग्गा नापीको सन्दर्भमा कुनै पनि ठाउँबाट कमीकमजोरी नहुने तरिकाले काम गर्नुपर्ने नगर प्रमुख महराको भनाई थियो । नापी कार्य गर्दा समस्या उत्पन्न भएमा वडा,नगरपालिकाले समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए । भूमिहीन दलित,भूमिहीन सुकुम्बासीका सवालमा पनि नगर प्रतिवद्ध रहेको उनले जानकारी दिए । सरल र सहज तरिकाले आफ्नो जग्गा नाप जाँच गराउन नगर प्रमुख महराले आग्रह गरे ।

 

यस्तै जग्गा नापी कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना पन्तले सवै मिलेर नापीको कार्य सहयोग गर्नुपर्ने बताइन् । उनले वर्षौदेखीको जनताको जग्गधनी पुर्जा पाउने सपना अब पुरा हुने बताए । यस्तै नापी कार्यालयका कार्यालय प्रमुख पुस्कर पालले जग्गा नापी सम्बन्धी कार्यविधिगत मापदण्डको अध्ययन गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । आफुले गरेको कामलाई नगर हुँदै जिल्ला पठाउनुपर्ने बताए ।

 

त्यसैगरी राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष दवेन्द्र ढुंगानाले जतिसक्दो चाँडो जनतालाई जग्गाधनी पुर्जा दिने तर्फ आफुहरु लागि परेको बताए । साथै उनले कार्यविधि अनुरुप काम गर्न आग्रह गरे । ढुंगानाले फिल्डमा मुचुल्का कार्य अघि बढाइने बाए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐरले वर्षौदेखीको जनताको जग्गाधनी पुर्जा पाउने सपना पुरा हुने बताए । वडा नम्बर ९ स्थित तिर्थ बहादुर ऐरको जग्गाबाट नापीको कार्य सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *