निर्वाचन आचारसंहिता मिचेर भरतपुरमा भूमिको निस्सा बाँडिदै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन आचारसंहिता मिचेर भूमिको निस्सा बाँड्न थालिएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले शुक्रबार बिहान सुकुमबासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए तिमिल्सिना माथि कारबाही गर्न सकिने कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *