व्यक्तिको जग्गा गुठीको नाममा दर्ता

काठमाडौं ! वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो ।

वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै तिरे पनि हुने सुविधा लालपुर्जा धनीलाई दिइएको थियो । त्यतिखेर ठकुरी परिवारको पूजा गर्ने स्थान भएकाले त्यसलाई वायु देवता गुठी भनिएको थियो । स्थानीयले तिरेको तिरोलाई शाह परिवारले पूजाखर्चका रूपमा प्रयोग गर्ने गरेका थिए । धादिङ ज्यामरुङका ईश्वरीबहादुर लम्सालले व्यक्तिको नाममा लालपुर्जा भए पनि वायु गुठीलाई तिरो तिर्ने भएकाले लालपुर्जाको एक छेउमा ‘वायु गुठी’भनेर लेखिएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *