कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच र नक्सा गर्ने कार्यको सुरुवात

कंचनपुर ! कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्य आजबाट सुरु भएको छ । भुमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाईको आयोजनामा कंचनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नाप नक्सा गर्ने कार्य सुरु भएको हो ।

आज मङ्गलबार कृष्णपुर नगरपालिकाको वडा नं.४ मालुबेला क्षेत्रबाट जग्गा नापजाँच कार्यको शुभारम्भ गरिएको नगरपालिकाले जनाएको छ । नगरपालीकाका प्रमुख कर्ण बहादुर हमालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो क्रममा नगरपालीकाका प्रमुख हमालले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनु भयो । उहाँले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर नगरपालिकाले निस्सा दिएको पनि बताउनु भयो ।                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *