सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको आईपीओ बाँडफाँड

काठमाडौं ! सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस निष्काशनमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयर र सिडीएसले आईपीओ नतिजाको लागि संचालक गरेको वेबसाइटबाट हेर्न सकिन्छ ।

कम्पनीले पुस २५ गते देखि माघ १९ गतेसम्म  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर ३६० रुपैयाँ ९० पैसा मा शेयर निष्काशन गरेको हो  ।

कम्पनीले हाल उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ।  उद्योग प्रभावित स्थानीयले  माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ  ।

उद्योग/खानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् ।