अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने

काठमाडौं ! अन्नपूर्ण केबलकारले एक सय रुपैयाँ अंकित मूल्यमा प्राथमिक शेयर आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्नेछ ।