युनाइटेड मेवा खोलाले आईपीओ निष्काशन गर्ने

काठमाडौं ! युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोलाका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवा खोलाको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावरले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।