काठमाडौं! सर्वोत्तम स्टील्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । जसमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा यस कम्पनीको कार्यालय, तीनकुने, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।