आइपिओ निष्कासन गर्दै आध्यन्त फण्ड म्यानेजमेन्ट

काठमाडौं ! आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनीले आईपीओ जारी गर्नको लागि प्रबन्धकपत्र र नियमावलीमा संशोधन देखि गर्नु पर्ने सबै आवश्यक कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।

यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ ।  बोर्डले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको हो।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो। यसमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाहरुको लगानी रहेको छ।

कम्पनीको अध्यक्ष मनोज पौडेल हुन् । उनी कम्पनीका सह संस्थापक पनि हुन् । कम्पनीको अन्य संचालकमा प्रेम कुमार श्रेष्ठ, आरति राज्य लक्ष्मी राणा, सिए प्रदिप सिग्देल र कोशोरी मानन्धर (स्वतन्त्र संचालक) रहेका छन् ।