बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौ ! बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड अर्थात् बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २४ गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभामा पेश हुने विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने पस्ताव उल्लेख छ ।

साधारण प्रस्तावमा आ.व. २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  र संचालकको नियुक्ति अनुमोदन गर्ने उल्लेख छ।

यस कम्पनीका अध्यक्ष सीए नवराज बुर्लाकोटी हुन् । कम्पनीमा अम्बिका पौडेल, बाबुकाजि कार्की, डोल प्रसाद अर्याल, मिनराज कंडेल लगायतको लगानी छ ।