मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ  । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ४० हजार १ सय ९९ जनाको आवेदन परेको थियो  । जस मध्ये १२ लाख ७८ हजार ८ सय ६७ जनाको आवेदन मात्र योग्य भएको छ  । यस हिसाबमा ६१ हजार ३ सय ३२ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । जस बाट १ लाख १४ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन्  ।  बाँकि आवेदक भने हात खाली भएका छन्  ।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।