मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै छ  । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो  ।

कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरि बाँडफाँड सकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी  अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।