मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरि बाँडफाँड सकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी  अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।