उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं ! उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १७ हजार ८ सय ४५ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर , एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म  थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो ।

एफपीओको नतिजा केहि समय पछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट  www.siddharthacapital.com सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।