काठमाडौं ! सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बोलकबोल खुला भएको छ ।
पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्टले आज बुधबारदेखि आइपीओको बोलकबोल खुला गरेको हो ।
यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गरेको हो । यसले जारी पुँजी ४ अर्ब ६५ अर्ब रुपैयाँको १२.९०३३% ले हुने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४०% अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो ।
बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १० गते तोकिएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ ।
उक्त कट अफ प्राइस भन्दा १०% मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।