भिजन लुम्बिनी उर्जाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं ! भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज मंगलबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मङ्सिर ५ गते बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले कार्तिक १६ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको थियो।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।