भिजन लुम्बिनीको आईपीओ आजदेखि

काठमाडौं ! भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको हो ।

स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।